• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

सडक पहिराेले लग्याे, नेता र मन्त्री हेर्न पुगे तर हालत उस्तै

"स्थानीय भन्छन्, 'मर्मत नहुनु लाजमर्दो' "
  •  मेन समाचार संवाददाता
  • ९ भाद्र २०७७, मंगलवार १०:५२ प्रकाशित
    Advertisement

    पाेखरा । पोखरा महानगरपालिकाको लामाचौर हुँदै माछापुच्छ्रे गाउँपालिकाको सार्दिखोलासम्मको पक्की कालोपत्रे सडक अवरुद्ध भएको लामो समय वित्दा समेत मर्मत हुन सकेको छैन ।

    लामाचौर–सार्दिखोला सडक खण्डको बेशीचोकमा गत असार २६ गते राति अन्दाजी २०० मिटर तलबाट सडक पहिराले बगाउँदा माछापुच्छ्रे गाउँपालिकाका वडा नं २, १ र ३ नं वडाका सहित महानगरको पुरुनचौरका नागरिकले सास्ती पाएका छन् ।

    बेसीचोकमा पहिराले सडकको अधिकाँस भाग बगाएपछि चार पाङग्रे सवारी साधन सञ्चालन ठप्प छ भने मोटरसाइकल तथा स्कुटर जोखिम मोलेर चलाउनुपर्ने बाध्यता छ ।

    ठूला यातायातका साधन घुमाउरो बाटो हुँदै पोखरा बाग्लुङ राजमार्गको मिलनचोक तथा सोही वडाको घार्मीहुँदै सञ्चालन गर्नुपर्ने बाध्यता छ । महानगरभित्रकै सडक अवरुद्ध भएको लामो समयसम्म पुर्नःनिर्माण नभएपछि सरोकारभएकाहरु आक्रोशित समेत भएका छन् ।

    महानगरपालिकाको महत्वपूर्ण वडा तथा माछापुच्छ्रे गाउँपालिकाको कनेक्टिङ सडक लामो समय मर्मत नहुँदा बिरामीलाई अस्पताल लैजान समेत नसक्ने अवस्था रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का जिल्ला कमिटी सदस्य समेत रहनुभएका पुरुनचौर निवासी इमानराज पौडेलले बताए ।

    ‘पहिराले सडक बगाए देखि नै यहाँ आएर संघ तथा प्रदेशका मन्त्रीहरु तथा पार्टीका नेताहरुले हेर्ने काम गर्नु भएको छ तर अहिलेसम्म सडक मर्मतको काम सुरु भएको छैन।’ पौडेलले भने, ‘डेढ महिना समय वित्यो तर अवरुद्ध महानगरभित्रको सडक मर्मत नहुनु लाजमर्दो छ ।’
    सोही वडाका वडाध्यक्ष शोभामोहन पौडेलले सडक मर्मतका बोलपत्र आह्वान भएर प्रक्रियामा रहेको बताए ।

    प्रदेश सरकारले मर्मतका लागि बजेट उपलब्ध गराउने भएपछि छोटो अवधि १५ दिनको बोलपत्र आह्वान भएर सम्झौता समेत भइसकेकाले ‘फास्ट ट्रयाक’मा आगामी भदौ २० गतेबाट काम सुरु हुने उनको भनाई छ ।

    ‘अवरुद्ध सडक खुलाउन हामी सबै लागि परेका छौँ तैपनि कानूनी प्रक्रिया र इन्जिीनियरिङ नाप जाँच गर्दा समय लागेको छ,’ वडाध्यक्ष पौडेलले भने , ‘मोटरसाइकल सोही सडकबाट सञ्चालन भएको छ अन्य सवारी साधन, एम्बुलेन्सका लागि हेमजा तथा घार्मीबाट समेत वैकल्पिक व्यवस्था गरिएको छ ।’

    प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय कास्कीले अवरुद्ध सडक मर्मत कार्य(इमर्जेन्सी) मा राखेर ८६ लाखको बोलपत्र आह्वान गरेर बोलपत्र खोलिसकेको जनाएको छ ।

    न्यूूनतम रकम ठेक्का हाल्नेसँग सम्झौताको तयारी भएपनि टेन्डर पर्ने निर्माण व्यवसायीको अख्तियारमा मुद्धा रहेकाले के गर्ने भन्नेमा अन्याेल भएकाले मन्त्रालयमा लेखीपठाएको कार्यालयका प्रमुख एवं डिभिजनल इन्जिनियर दिनेश घिमिरेले बताए ।

    ‘न्यूनतम ठेक्का हालेको निर्माण व्यवसायीको अख्तियारमा केश रहेकाले उसलाई दिने वा दोस्रो व्यक्तिसँग सम्झौता गर्ने भन्ने बारेमा मन्त्रालयबाट निर्देशन माग्नु पर्दछ । मन्त्रालयबाट सहमति प्राप्त भए लगत्तै सडक मर्मतको काम सुरु हुन्छ,’ उनले भने । रासस

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम
    तीन बजे नवनियुक्त मन्त्रीको शपथ
    प्रचण्ड नेतृत्वको मन्त्रिमण्डलमा कुन मन्त्रालय कसलाई (सूचीसहित)
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      Ashley Madison Review: Pros, Main Features And Cons Behind This Dating Website

    • २.
      The Strategies Is Dependant On Trying Lesbian Relationships Big Lesbian Dating Site

    • ३.
      इलाम कारागारबाट थुनुवा फरार

    • ४.
      पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम

    • ५.
      11 Simple Ways To Know If Your Boyfriend Is On Dating Sites

    • ६.
      जसपाबा‌ट अशोक राई शिक्षा मन्त्री

    • ७.
      माल्टा पठाउने नाममा ठगी

    • १.
      गण्डकीमा ढल्यो एमाले नेतृत्वको सरकार, माओवादीका दुई मन्त्रीले दिए राजीनामा

    • २.
      बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत

    • ३.
      रजनीकान्तको ‘बाबा’ले टुंग्याएको मनिषा कोइरालाको साउथ करियर

    • ४.
      यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

    • ५.
      गठबन्धन दलका कारण तनावमा प्रधानमन्त्री दाहाल !

    • ६.
      दाङमा छोरा र श्रीमतीको कुटाइबाट श्रीमान्‌को मृत्यु

    • ७.
      थिएटरको भिजिबिलिटी राम्रो हुनुपर्छ

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.