• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटः वाग्मती र प्रदेश १ विजयी

  •  मेन समाचार संवाददाता
  • ९ माघ २०७७, शुक्रबार १९:५५ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तस्बिर: क्यान

    काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेश र प्रदेश नं १ आ–आफ्नो खेलमा विजयी भएका छन् । वाग्मतीले प्रदेश नं २ लाई ६ विकेटले तथा प्रदेश १ ले कर्णाली प्रदेशलाई ५९ रनले पराजित गरेको हो ।

    मूलपानी क्रिकेट मैदानमा प्रदेश २ ले टस जितेर पहिला ब्याटिङ गर्दै ४८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै १७९ रन बनाएको थियो । एक सय ८० रनको विजयी लक्ष्य वाग्मतीले ४८ दशमलव दुई ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । वाग्मतीका लागि पृथु बाँस्कोटाले अर्धशतकीय पारी खेले । उनले ७५ बलको सामना गर्दै एक छक्का र चार चौकाको मद्दतमा अविजित रहँदै ५३ रन बनाए । यस्तै विभत्सु थापाले ४७, आकाश थापाले ३२ तथा इशान पाण्डे १५ रन बनाए । बलिङतर्फ प्रदेश २ का हरिशङ्कर शाहले दुई तथा विशाल सुसलिङ र कुमार थापाले एक÷एक विकेट लिए ।

    यसअघि पहिला ब्याटिङ गर्ने क्रममा प्रदेश २ का लागि विवेक यादवले ६६ रनको अर्धशतकीय पारी खेले । उनले ७४ बलमा तीन छक्का र तीन चौका प्रहार गरे । यस्तै कुमार थापाले २२, राहुलप्रताप सिंहले १८, सुधिर चौधरीले १५ तथा कप्तान सुरज कुर्मीले १३ रनको योगदान दिए । बलिङतर्फ वाग्मतीका गौतम केसी एक्लैले चार, रामनरेश गिरीले दुई तथा नन्दन यादव, तिलक भण्डारी र विपीन आचार्यले एक÷एक विकेट लिए । वाग्मती लगातार तेस्रो खेलमा विजयी भएको हो । वाग्मतीले यसअघि पुलिस क्लब र सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको थियो । वाग्मती शीर्ष स्थानमा छ भने प्रदेश २ चौथो स्थानमा छ ।

    प्रदेश १ को सान्त्वना जित

    प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश १ ले आज सान्त्वना जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लिग चरणको अन्तिम खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई ५९ रनले पराजित गरेको हो । प्रदेश १ ले टस जितेर पहिला ब्याटिङ गर्दै २१५ रन बनायो । दुई सय १६ रनको विजय लक्ष्य पछ्याएको कर्णालीले ३५ ओभरमा सबै विकेट गुमाउँदै १५६ रन मात्र बनायो । कर्णालीका लागि विपीन रावलले सर्वाधिक ४७ रन बनाए। यस्तै निश्चल रावलले ३१, कप्तान रविन्द्र शाहीले १८, दिवान पुनले १४ तथा दिनेश अधिकारी ११ रन बनाए । बलिङतर्फ प्रदेश १ का मिनास थापा एक्लैले पाँच विकेट लिए । यस्तै दिपेश कँडेलले तीन तथा मनोज तामाङले दुई विकेट लिए ।

    यसअघि ब्याटिङ गर्ने क्रममा प्रदेश १ का लागि कप्तान सिद्धान्त लोहनीले ६६ रनको अर्धशतकीय पारी खेले । यस्तै शुभशङ्कर उरावले ३६, मिनास थापाले २५, सर्वण यादवले १७, फिर्दोस अन्सारीले १७ तथा राजन मगरले १० रन बनाए । बलिङतर्फ कर्णालीका रविन्द्र शाहीले तीन तथा दिनेश अधिकारी र अनुज चुनाराले दुई÷दुई विकेट लिए । प्रदेश १ प्रतियोगिताबाट बाहिरिएको छ । रासस

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    सेना दिवसमा ‘हाफ म्याराथन’, विजेतालाइ ३० हजार पुरस्कार
    पिएसएल खेल्न सन्दीप लामिछाने पाकिस्तान प्रस्थान
    स्पेनिस ला लिगाः मेस्सीको दुई गोलमा बार्सिलोनको सहज जित
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      युद्धको अन्त्य कसैले गर्छ भने त्यो कम्युनिष्टले मात्रै गर्छ-‘विप्लव’ (सम्बोधनको पूर्णपाठ र भिडियो सहित)

    • २.
      प्रचण्ड–माधव पक्षका नेताहरु निर्वाचन आयोगमा, दलविवाद चाँडै निरुपण गर्न ध्यानाकर्षण

    • ३.
      अब नेपालमा हिंसात्मक द्वन्द्व छैनः प्रधानमन्त्री ओली

    • ४.
      प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रचण्ड–माधव समूहको निर्णय

    • ५.
      सहमतिप्रति प्रतिवद्ध छौँ, तर हस्तक्षेप स्वीकार छैनः विप्लव

    • ६.
      विप्लव र सरकारबीच तीन बुँदे सहमतीमा हस्ताक्षर

    • ७.
      प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे विप्लव

    • १.
      विप्लव समूहले शान्तिपूर्ण राजनीति गर्ने,भोली विप्लव र प्रधानमन्त्रीले एउटै मञ्चबाट सम्बोधन गर्ने

    • २.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • ३.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ४.
      भूमिगत राजनीतिको दुई बर्षपछि सार्वजनिक हुँदै नेत्रविक्रम चन्द ‘विप्लव’

    • ५.
      वायूसेवा निगमभित्र यौनकाण्ड, उच्च तहको कर्मचारीको दवाबमा मिलापत्र !

    • ६.
      पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिसहित सदस्यहरुले लिए सपथ

    • ७.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.