काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको शक्ति संघर्ष समाधान गर्न बनेको कार्यदलले भदौ ६ गते प्रतिवेदन बुझाएपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको वार्तामा महासचिव विष्णु पौडेल संयोजकत्व कार्यदलले पेस गरेको प्रतिवेदनमाथि छलफल हुने बुझिएको छ ।
कार्यदलले प्रधानमन्त्रीको हैसियतमा ओलीले पुरै कार्यकाल चलाउने र प्रचण्डले पार्टीको जिम्मेवारी सम्हाल्ने निष्कर्ष पेस गरेको थियो । दुबैले दुबैका काममा हस्तक्षेप नगर्ने तर सल्लाह भने गर्नुपर्ने कार्यदलको सुझाव छ । अध्यक्षद्वयको छलफल पछि सचिवालय बैठक बोलाइन सक्ने प्रबल सम्भावना रहेको स्रोतको भनाई छ ।
कार्यदलको प्रतिवेदनले उल्लेख गरेअनुसार मन्त्रिपरिषद् पुनर्गठन, प्रदेश सरकार हेरफेर विषयमा छलफल हुन सक्ने छ । जारी विवाद टुंग्याउन कार्यदलले पेस गरेको सुझावलाई नेकपा नेताहरुले कसरी लिन्छन् त्यो भने हेर्न बाँकी छ ।