• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement
Advertisement

शेयर बजारका शीर्ष १० कम्पनीको यस्तो छ विवरण

"बजार पूँजीकरण ३२ खर्ब हाराहारी "
  •  मेन समाचार संवाददाता
  • १० माघ २०७७, शनिबार १९:३२ प्रकाशित
    Advertisement
    Advertisement

    काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक लगातार उकालो लाग्दा बजार पूँजीकरणमा पनि उल्लेख्य सुधार भएको छ ।

    यस साता नेप्से दुई हजार ३७४.६४ मा पुगेको छ । यो हालसम्मकै उच्च अङ्क हो । नेप्से लगाताार उकालो लागेका कारण बजार पूँजीकरण पनि झण्डै ३२ खर्बको हाराहारीमा पुगेको छ ।

    नेपाल स्टक एक्सचेञ्जको विवरणअनुसार कूल बजार पूँजीकरण ३१ खर्ब ८९ अर्ब ९५ करोड ७३ लाख ५० हजार बराबर पुगेको छ । यो झण्डै मुलुकको कूल ग्राहस्थ उत्पादनको हाराहारी हो ।

    हाल नेपालको कूल ग्राहस्थ उत्पादन रु ३७ खर्ब ६७ अर्र्ब बराबर रहेको छ । नेप्सेको विवरणअनुसार यस साता बजार पूँजीकरणका आधारमा विभिन्न १० कम्पनी शीर्षस्थानमा रहेको छ ।

    त्यसमा पहिलो नम्बरमा नेपाल दूरसञ्चार कम्पनी रहेको छ । दुई बीमा कम्पनी, छ ‘क’ वर्गका वाणिज्य बैंक र एक उत्पादनमूलक समूहको कम्पनीले शीर्ष १० स्थान ओगटेका छन् ।

    बिहीबारको कारोवारअनुसार नेपाल दूरसञ्चार कम्पनीको प्रतिकित्ता शेयर मूल्य एक हजार ३४० रहेको छ । नेप्सेमा सो कम्पनीको कूल एक करोड ५० लाख कित्ता शेयर सूचीकरण भएको छ ।

    सो कम्पनीको कूल बजार पूँजीकरण दुई खर्ब एक अर्ब बराबर पुगेको छ । यस्तै दोस्रो नम्बरमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ ।

    सो कम्पनीको नेप्सेमा कूल पाँच करोड ४९ लाख ६१ हजार ६०८ कित्ता शेयर सूचीकृत छ । कम्पनीको कूल बजार पूँजीकरण एक खर्ब ५९ अर्ब ८२ करोड ८३ लाख ५६ हजार रहेको छ ।

    तेस्रो नम्बरमा नेपाल पुनरबीमा कम्पनी रहेको छ । नेपालको शेयर बजारलाई विस्तारित गर्न सहयोग पुर्‍याएको त्यस कम्पनीको दोस्रो बजारमा कूल १० करोड कित्ता शेयर सूचीकृत छ ।

    बिहीबारको कारोवारका आधारमा सो कम्पनीको शेयर प्रतिकित्ता रु एक हजार ५१५ मा खरिद बिक्री भए । सो कम्पनीको कूल बजार पूँजीकरण एक खर्ब ५१ अर्ब ५० करोड बराबर रहेको छ ।

    चौथो नम्बरमा वाणिज्य बैंकका तर्फबाट नबिल बैंक छ । प्रतिकित्ता ‍एक हजार १०९ पुगेको त्यस बैंकको दोस्रो बजारमा कूल १३ करोड ४८ लाख एक हजार ५८४ कित्ता शेयर सूचीकृत छ ।

    बैंकको कूल बजार पूँजीकरण एक खर्ब ४९ अर्ब ४९ करोड ४९ लाख ५६ हजार ६५६ रहेको छ । बजार पूँजीकरणका आधारमा पाँचौँ नम्बरमा छ, नागरिक लगानी कोष । प्रतिकित्ता तीन हजार ४४६ पुगेको कोषको दोस्रो बजारमा दुई करोड ९९ लाख ९९ हजार ३१० कित्ता शेयर सूचीकृत छ ।

    कोषको कूल बजार पूँजीकरण एक खर्ब तीन अर्ब ३७ करोड ७६ लाख २२ हजार २६० रहेको छ ।

    नेप्सेका अनुसार छैटौँ नम्बरमा छ, एनआइसी एशिया बैंक । बिहीबारको कारोवारका आधारमा सो बैंकको शेयर प्रतिकित्ता ८८७ पुगेको छ । दोस्रो बजारमा कूूल ११ करोड ५६ लाख ४० हजार ५६ कित्ता शेयर सूचीकृत भएको त्यस बैंकको कूल बजार पूँजीकरण एक खर्ब दुई अर्ब ५७ करोड २७ लाख २९ हजार ६७२ पुगेको छ ।

    सातौँ नम्बरमा छ, नेपाल इन्भेस्टमेन्ट बैंक । वाणिज्य बैंक समूहको त्यस बैंक पनि लामो समयदेखि शीर्षस्थानमा रहँदै आएको छ । कूल १६ करोड १० लाख १३ हजार १८४ कित्ता शेयर सूचीकरण भएको सो बैंकको कूल बजार पूँजीकरण ७६ अर्ब ९६ करोड ४३ लाख एक हजार ९५२ रहेको छ ।

    बजार पूँजीकरणका आधारमा ग्लोबल आइएमई बैंक आठौँ नम्बरमा छ । सो बैंकको कूल बजार पूँजीकरण ७१ अर्ब ८१ करोड ९९ लाख सात हजार ९६८ रहेको छ ।

    यस्तै नवौँ नम्बरमा छ, एभरेष्ट बैंक । सो बैंकको ७१ अर्ब ५९ करोड ४४ लाख २० हजार २४० बराबरको बजार पूँजीकरण छ ।

    नेप्सेका अनुसार १०औँ नम्बरमा छ, उत्पादनमूलक कम्पनीका तर्फबाट शिवम् सिमेन्ट । सो कम्पनीको कूल बजार पूँजीकरण ७१ अर्ब ५४ करोड ४० लाख बराबर रहेको छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    प्रधानमन्त्री ओली आज पोखरा आउँदै
    फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी
    नेप्सेमा पहिरो
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      प्रधानमन्त्री ओली आज पोखरा आउँदै

    • २.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    • ३.
      नेप्सेमा पहिरो

    • ४.
      दमाैली कारागारमा कैदीबन्दीबीच झडप हुँदा पाँच घाइते

    • ५.
      साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाउने व्यक्ति पक्राउ

    • ६.
      गृह जिल्ला पुगेका प्रधानमन्त्रीद्वारा कमल खोलाको पुल उद्घाटन

    • ७.
      यस्तो छ अवहेलना मुद्दामा सर्वोच्चमा प्रचण्डले पेश गरेको जवाफ (पूर्णपाठसहित)

    • १.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • २.
      ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह

    • ३.
      सर्वोच्चको ऐतिहासिक फैसलाः संसद पुनर्स्थापना, १३ दिनभित्र संसद बैठक बोलाउन आदेश

    • ४.
      खगेन्द्र संग्रौला भन्छन्, ‘सर्वोच्चको फैसला सानो ओलीलाई राजगद्दीमा उकाल्नु हो’

    • ५.
      संसद पुनस्थापनाः यी पाँच आधार जसले प्रधानमन्त्री ओलीको कदमलाई गलत सावित गर्‍याे !

    • ६.
      सर्वोच्चको फैसलापछि प्रचण्ड र माधवले मनाए खुशीयाली, एकअर्कालाई लड्डु खुवाए !

    • ७.
      संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलापछि सेनाको स्पष्टोक्ति ‘सूक्ष्म आँकलनमा छौँ’

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.