काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा प्रदेश नम्बर दुईले सुदूरपश्चिम प्रदेशसामु १८६ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश २ ले ४२ ओभरमा अल आउट हुँदै १९५ रन बनाएको हो ।
प्रदेश २ का लागि हरिशंकर शाहले सर्वाधिक ६० रन बनाए । उनले ७३ बलमा ९ चौका प्रहार गरे । त्यस्तै विवेक यादवले ५२ बलमा तीन छक्का प्रहार गर्दै ४१ रन बनाए । यसैगरि मेहवुव आलमले २३ रनको योगदान गर्दा राहुल प्रताप सिंह र कुमार थापाले क्रमशः १२ र ११ रन बनाए । अन्य ब्याट्सम्यानहरु सामान्य रन लिँदै आउट भएका थिए ।
बलिङतर्फ सुदूरपश्चिमका शेर मल्ल र नरेन्द्र साउदले समान तीनतीन विकेट लिए । त्यस्तै अनिल ऐरिले दुई विकेट लिए भने हेमन्त धामी र भोजराज भट्टले समान एकएक विकेट लिए ।