काठमाडौँ । बागमती प्रदेश प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मूलपानी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२० रन बनायो ।
बागमतीका लागि आदिल खानले अर्धशतकीय पारि खेले । ५५ रन बनाएका आदिलले ८७ बल फेस गरेका थिए । उनले पाँच चौका र तीन छक्का प्रहार गरे । यसैगरी आकाश थापाले ३९ रन बनाउँदा ६७ बलको सामना गरेका थिए ।
आकाश र आदिलले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गर्दै राम्रो शुरुवात गरको थिए । पृथु बास्कोटा २९ रनमा पभेलियन फर्कदा कप्तान ज्ञानेन्द्र मल्ल पनि १४ रन बनाएर आउट हुन पुगेका थिए । गौतम केसी ८ तथा रामनरेश गिरि तीन रनमा आउट हुन पुगे ।
अन्तिमसम्म क्रिजमा डटेका इशान पाण्डेले ५० बलमा अर्धशतक पुरा गरे । ५१ रनमा आउट भएका उनले ५३ बलको सामना गर्दा चार चौका र दुई छक्का प्रहार गरे । नन्दन यादव ११ रनमा नटआउट रहे ।
लुम्बिनीका दीपेन्द्र रावतले तीन विकेट लिँदा, कृष्ण कार्की र सन्दीप सुनारले दुई दुई विकेट हात पारे । यसैगरी विक्रम भुषाल र अनिल खरेलले एक एक विकेट लिए ।
जवाफमा लुम्बिनीले ४८ ओभरमा २२० रनमा नै अलआउट भएपछि खेल टाइ भयो ।
लुम्बिनीका लागि प्रकाश केसीले ४१ रन बनाए भने सौरभ खनालले ३४, सन्दिप सुनारले २५ तथा देभ खनालले २६ रन बनाए । यस्तै कप्तान कृष्ण कार्कीले रनको योगदान गरे । कप्तान कृष्ण कार्कीले ४१ रनको योगदान गरे ।
बलियो सुरुवात गरेको लुम्बिनीले पहिलो विकेटका लागि ६० रनको साझेदारी गरेको थियो । तर विचमा केहि लडखडाएको लुम्बिनीलाई सौरभ खनाल र प्रकाश केसीले सम्हालेका थिए । उनीहरुले चौथो विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए ।
बलिङमा बागमतीका विपिन आचार्यले चार तथा गौतम केसीले दुई विकेट लिए । खेल टाइ भएपछि दुबैले अंक बाँढे । जसका कारण बागमतीको सात अंक भएको छ भने लुम्बिनीको पाँच अंक भएको छ ।