• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

१६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि तीन विद्यालय बन्द

  •  मेन समाचार संवाददाता
  • ११ माघ २०७७, आईतवार १९:१९ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement

    सल्यान । शिक्षक र विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएपछि तीन विद्यालय बन्द गरिएको छ । वनगाड कुपिण्डे नगरपालिकामा रहेका तीन विद्यालयका शिक्षक र विद्यार्थी गरी १६ जनामा संक्रमण देखिएपछि एक साताका लागि विद्यालय बन्द गरिएको हो ।

    नगरपालिकाका प्रभाकर माध्यमिक विद्यालय देवस्थल, मुक्ति माध्यमिक विद्यालय हिले पोखरी र गंगा प्राथमिक विद्यालय बन्द गरिएको वनगाड कुपिण्डेका नगर प्रमुख गोविन्दकुमार पुनले जानकारी दिए । ती विद्यालयका ४६ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा शिक्षक र विद्यार्थी गरी १६ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

    विद्यालयका सबै शिक्षक र विद्यार्थी कोरोनाको उच्च जोखिममा पर्ने देखिएपछि विद्यालय बन्द गरिएको नगर प्रमुख पुनले बताए । तीनै विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना हुन सक्ने सम्भावना देखिएपछि सबैजनाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि सुर्खेत पठाइएको छ ।

    शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि तत्कालका लागि पठनपाठन पूर्ण रुपमा प्रभावित भएको र सबैको रिपोर्ट नेगेटिभ नआउँदासम्म विद्यालय सञ्चालन गर्न नसकिने पुनले बताएका छन् ।

    कोरोना देखिएकालाई होम आइसोलेशनमा बस्न र संक्रमित परिवारलाई आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न आग्रह गरिएको नगरपालिकाले जनाएको छ । रासस

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    बाबुको कुटाइबाट तीन महिने छोराको मृत्यु
    मोरङमा थप एक लाख ३५ हजारलाई खोप लगाइने
    फेवातालको चारकिल्ला सिमारेखा तोकियो, कुल क्षेत्रफल ११ हजार २५५ रोपनी ११ आना एक पैसा कायम
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      बाबुको कुटाइबाट तीन महिने छोराको मृत्यु

    • २.
      बाइसधाराबाट पक्राउ परेका सुमन सायमी लगायतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

    • ३.
      मोरङमा थप एक लाख ३५ हजारलाई खोप लगाइने

    • ४.
      जर्मनीमा केही प्रतिबन्धलाई खुकुलो पारिँदै

    • ५.
      चीनमा २५० नयाँ अर्बपति थपिए

    • ६.
      अपहरणमा परेका नाइजेरियाका २७९ छात्रा रिहा

    • ७.
      फागुन २३ गतेका लागि चिटिक्क पारिएको प्रतिनिधि सभाहल (फोटोफिचर)

    • १.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • २.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ३.
      ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह

    • ४.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    • ५.
      वायूसेवा निगमभित्र यौनकाण्ड, उच्च तहको कर्मचारीको दवाबमा मिलापत्र !

    • ६.
      एन्फा र गङ्गालाल अस्पतालबीच सम्झौता

    • ७.
      म्याग्दीका गाउँलाई शहरसँग जोड्न १३ पक्की पुल बन्दै

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.