काठमाडौं । गायक मानस राजको स्वर रहेको गीत ‘उठ्न देऊ’ को भिडियो सार्वजनिक भएको छ।
भिडियोमा सन्जु बाबा र बाल कलाकार क्रिभिशेषको फिर्चड छन् ।
गीतको भिडियोमा लागुऔषधको कुलतमा फसेकाहरुलाई समाज, घर परिवारले गर्ने व्यवहारलाई देखाइएको छ।
मनिस बसिष्ठको शब्द रहेको गितमा गायक स्वयंमले संगित भरेका छन् ।
गीतलाइ प्रदिप जोशीले एरेन्ज गरेका हुन्। रिक्की कर्माचार्यको छायांकन तथा सम्पादन रहेको भिडियोलाई गायक मानस राज स्वयंले निर्देशन गरेका हुन् ।