• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement
Advertisement

सिनेमा टुरिजमः सम्बन्ध र सम्भावना

  •  मेन समाचार संवाददाता
  • १३ माघ २०७७, मंगलवार १४:२५ प्रकाशित
    Advertisement
    Advertisement

    घान्द्रुक (कास्की)। मुलुकका ग्रामीण क्षेत्रहरु प्राकृतिक स्टुडियोको रुपमा विकास गर्न सकिने सम्भावना देखिँदै आएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्मको सुटिङका लागि विशेषतः पोखरा र आसपासका क्षेत्र फ्रेममा अटाएका छन् । फिल्ममा उक्त क्षेत्रको दृश्य समेटिनुसँगै त्यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याएको छ । त्यस्तै ठाउँ मध्ये कास्की अन्नपूर्ण गाउँपालिकास्थित घान्द्रुक गाउँ पनि सिनेमा छायांकनको लागि सम्भावना युक्त रहेको ठाउँ हो ।

    सुन्दर घान्द्रुक गाउँमा नेपाल चलचित्र पत्रकार संघ कास्की शाखाको आयोजनामा मंगलबार ‘सिनेमा संवाद एट घान्द्रुक’ कार्यक्रममा ‘सिनेमा टुरिजमः सम्बन्ध र सम्भावना’बारे छलफल चल्यो ।

    छलफलमा वक्ताको रुपमा नेपाली चलचित्रका निर्देशक/नायक सुदर्शन थापा, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराई र पत्रकार वासु मिश्रले सहजीकरण गरे । छलफलको सुरुवातमै सहजकर्ता मिश्रले वक्तातर्फ भावार्थ रुपमा नेपाली भूगोललाई नेपालीले नै चिन्न नसकेको र पर्यटन प्रर्वद्धनमा ठूलो आयतनमा सहयोग नपुगेको बताए । कोभिड पछि अत्यन्तै प्रभावित क्षेत्रमध्ये सिनेमा र पर्यटन दुबै पर्छन् । अहिलेको पर्यटन क्षेत्रको अवस्था कस्तो छ त ?‘कोरोनाले हरेक क्षेत्रलाई अस्तव्यस्त बनाएको छ । कोरोना साम्य बन्दै गएपछि भने विस्तारै लयमा फर्किँदै छ,’ पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले भने, ‘आन्तरिक पर्यटनलाई कसरी पुर्नस्थापना गर्न सकिन्छ भनेर नेपाल सरकारसँग समन्वय गरिरहेको अवस्था छ ।’

    निर्देशक सुदर्शन थापाले कोभिडले सम्पूर्ण क्षेत्रलाई असर गरेको बताउँदै सिनेमा र पर्यटन दुबै क्षेत्र पनि अति प्रभावित भएको सुनाए । उनी भन्छन्, ‘पर्यटन र सिनेमा एकदमै जोडिएको विषय हो । सिनेमा छायांकनका लागि विभिन्न ठाउँमा पुगिन्छ । म पनि १२ वर्ष अघि घान्द्रुक आएको थिएँ ।’ आफू १२ वर्षअघि मेरो एउटा साथी छ फिल्म सुटिङका लागि नयाँपुलदेखि खच्चरमा सामान बोकाएर घान्द्रुक आएको स्मरण गर्दै उनले भने, ‘सिनेमाले पर्यटनलाई सहयोग त गर्छ नै । म त्यसबेला र अहिले आउँदा धेरै परिवर्तन भइसकेको छ । केही हदसम्म फिल्मले निकै चिनायो घान्द्रुकलाई । विकास निर्माणको काम पनि धेरै भइसकेको रहेछ ।’

    तनहुँको मानहुँकोटको चर्चा यतिबेला चुलिएको छ । युवापुस्तामाझ चर्चित टिकटक एपमा राखिएको १५ सेकेण्डको भिडिओले उक्त डाँडालाई चर्चित बनायो । त्यसरी नै सिनेमाले कुनै ठाउँलाई पर्यटकीय हबको रुपमा विकसित भइसकेको छ । सहजकर्ता मिश्रले मानहुँकोटकै सन्दर्भ उल्लेख गर्दा पर्यटन परिषद्का अध्यक्ष भट्टराई समहत सुनिए । उनले भने, ‘सिनेमाको माध्यमबाट विश्वका धेरै ठाउँहरु पर्यटकीय हब बनेका छन् । सिनेमाबाट पोखराका पेरिफेरि एक्सपोजर भइरहेका छन् । अहिले पर्यटन संस्थाहरु अस्ताएको हो कि भन्ने लाग्छ । त्यसमा हाम्रो समन्वय जरुरी छ ।’

    तर सिनेमा र गीतसंगीतले पर्यटकीय क्षेत्रको रुपमा कुनैपनि स्थानलाई चिनाउन सहयोग गरेपनि त्यसको विकास निर्माणमा सहयोग गरि नै हाल्ने भने नहुने निर्देशक थापाको मत छ । उनले भने, ‘मुस्ताङमा सुटिङ गर्दा के यो माया हो ? फिल्म खिच्यौं तर त्यसमा भूगोलको चर्चा भएन । पछि त्यहीँ प्रेम गीत खिच्यौं । घाँसादेखि मुस्ताङसम्मको क्षेत्रलाई स्टोरीमा बाँधेर देखाउँदा स्थानीयको प्रतिक्रिया राम्रो पायौं । आन्तरिक पर्यटन आउँदा नै अझ राम्रो बनेको सुनियो । त्यो ठाउँलाई कसरी देखाउने, भेषभूषा, कल्चरलाई देखाउन सक्यौं भने रुचिका साथ दर्शकले हेर्न पाउँछन् ।’

    सरकारी निकायको सहयोग भने अपेक्षा नगरिएको भएकाले वास्ता नभएको उनको प्रतिक्रिया छ । त्यसको साटो स्थानीय स्तरबाट पाएको सहयोगले नै हौसला मिलेको उनले बताए । ‘ड्रोन शटका लागि सरकारी अनुमति लिनुपर्छ । त्यसमा प्रक्रिया त्रुटि भयो भने पनि हामी सजाय भोगिरहेका हुन्छौं ।’

    पर्यटन सम्बद्ध संस्थाहरुको सहयोग सिनेमा क्षेत्रलाई पर्याप्त नभएको पो हो की ? पर्यटन परिषद्का अध्यक्ष गोपी भन्छन्, ‘माया त गरेकै छौं तर समन्वय नभएको चाहिँ हो । विगतमा भएको कमजोरी भन्दा पनि आगामी दिनमा राम्रो गर्दै जाने हो ।’

    उक्त प्रसंगमा भने निर्देशक थापाको मत केही फरक सुनियो । उनी भन्छन्, ‘कुनै ठाउँलाई सिनेमाले पर्यटन क्षेत्रलाई उकास्यो भने पनि धन्यवाद पाएनौं । हामी पनि छायांकन सकेर त्यस ठाउँसँग सम्बन्ध राखेनौं । स्थानीयस्तरमा त धेरथोर होला तर सम्बद्ध निकायसँग छैन ।’
    दोस्रो सेसन ‘सिनेमा साहित्यः सम्बन्ध र साझेदारी’ विषयमा बहस हुनेछ । छलफलमा कवि भूषिता वशिष्ठ, साहित्यकार गणेश पौडेल, अभिनेता दीपकराज गिरी वक्ताको रूपमा हुनेछन् । जसको सहजकर्ता दिनेश डिसीले गर्नेछन् ।

    सिनेमा संवाद कार्यक्रमलाई गण्डकी प्रदेश सरकार, अन्नपूर्ण गाउँपालिका, नेपाल टुरिजम बोर्ड, इसेवा, कुटी रिर्सोट एण्ड स्पा, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, पर्यटन व्यवस्थापन समिति घान्द्रुक, परिचय एडभरटाइजिङ, गुरुङ चलचित्र शिरसुबा, अमृत लामा फाउन्डेसन घान्द्रुक, मूल आमा समूह घान्द्रुक र डाँडा गाउँ युवा परिवार घान्द्रुकले सहयोग रहेको छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    रवीन्द्र मिश्रको नयाँ पुस्तक फागुन अन्तिम सातादेखि बजारमा आउने
    फागुन २३ गते संसद बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय
    ३६ जिल्लाका सीडीओकाे सरुवा, को कहाँ पुगे (सूचीसहित)
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      प्रधानमन्त्री ओली आज पोखरा आउँदै

    • २.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    • ३.
      नेप्सेमा पहिरो

    • ४.
      दमाैली कारागारमा कैदीबन्दीबीच झडप हुँदा पाँच घाइते

    • ५.
      साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाउने व्यक्ति पक्राउ

    • ६.
      गृह जिल्ला पुगेका प्रधानमन्त्रीद्वारा कमल खोलाको पुल उद्घाटन

    • ७.
      यस्तो छ अवहेलना मुद्दामा सर्वोच्चमा प्रचण्डले पेश गरेको जवाफ (पूर्णपाठसहित)

    • १.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • २.
      ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह

    • ३.
      सर्वोच्चको ऐतिहासिक फैसलाः संसद पुनर्स्थापना, १३ दिनभित्र संसद बैठक बोलाउन आदेश

    • ४.
      खगेन्द्र संग्रौला भन्छन्, ‘सर्वोच्चको फैसला सानो ओलीलाई राजगद्दीमा उकाल्नु हो’

    • ५.
      संसद पुनस्थापनाः यी पाँच आधार जसले प्रधानमन्त्री ओलीको कदमलाई गलत सावित गर्‍याे !

    • ६.
      सर्वोच्चको फैसलापछि प्रचण्ड र माधवले मनाए खुशीयाली, एकअर्कालाई लड्डु खुवाए !

    • ७.
      संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलापछि सेनाको स्पष्टोक्ति ‘सूक्ष्म आँकलनमा छौँ’

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.